८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा प्रभु बैंक र एसबीआई बैंकले लगानी गर्ने

८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा प्रभु बैंक र एसबीआई बैंकले लगानी गर्ने

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

माघ १२ काठमाण्डौं । अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाका लागि एसबीआई बैंक र प्रभु बैंकले सयुक्त रुपमा लगानी गर्ने समझदारी भएको छ ।
यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने छ ।
यसमा नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता मिती २०७३÷१०÷१२ गते श्री ट्रेड टावर विजनेश सेन्टर, थापाथलीको सभा कक्षमा सम्पन्न भएको छ ।
नेपाल एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंक लिमिटेडले रु.४५ करोड गरि जम्मा रु.१०० करोड ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ । यस सम्बन्धि जानकारी गराउँदै कम्पनीका कार्यकारी संचालक श्री संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिनुभयो । यो आयोजनाबाट उत्पादित  विद्युत शक्ति ८ कि.मि. लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभी ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।
कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।
स्मरण होस् नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी