विद्यार्थीको विकासका लागि विविध कार्यक्रम गरिने

विद्यार्थीको विकासका लागि विविध कार्यक्रम गरिने

  • बुधबार, माघ १२, २०७३
  • माधव अधिकारी

  • 5.8K
    SHARES

काठमाडौँ,१२ माघ  । काठमाडौँ पश्चिम क्षेत्रीय उच्च माध्यमिक विद्यालय संघको   आयोजनामा शुक्रबारदेखि  स्थानीय उच्च माविका विद्यार्थीको विकासका लागि विविध रचनात्मक कार्यक्रम हुने भएको छ ।
संघले अन्तर विद्यालय बास्केटबल र हाजिरीजवाफ प्रतियोगिता गरी विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सघाउने प्रयास गरेको हिसानका स्वागत श्रेष्ठले जानकारी दिए । ।काठमाडौँ पश्चिम क्षेत्रका १२ कलेजका टिम सहभागी हुने बास्केटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी ग्रिनफिल्ड नेसनल कलेज,बाफलका प्रिन्सिपल खडक बस्नेतलाई दिएको छ ।
त्यस्तै हाजिरीजवाफ प्रतियोगिताका लागि हालसम्म १२ वटा कलेजले टिम दर्ता गरेको प्रतियोगिता संयोजक एड्मार्क कलेज कलङ्कीका प्रिन्सिपल शिव अधिकारीले बताए ।प्रतियोगिता माघ १६ गते सम्पन्न हुने उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी