कर समयानुकूल समायोजन गर्ने अर्थमन्त्री महराको भनाई

कर समयानुकूल समायोजन गर्ने अर्थमन्त्री महराको भनाई

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

ललितपुर, १२ माघ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक विकासबाट नै देशको मेरुदण्ड मजबुत हुने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा ६५ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा  आज आयोजित अन्तरक्रियामा उहाँले भन्सार, उद्योग व्यवसायी बीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री महराले आर्थिक ऐनसम्बन्धी नीतिगत विषय परिवर्तन बजेटमार्फत गरिने प्रावधान रहेको बताउनुभयो ।

आर्थिक क्षेत्रको गतिशिलताले राज्यको विकासको कार्यक्रम द्रुत गतिले अगाडि बढ्न सक्ने उहाँको धारणा थियो । उपप्रधानमन्त्री महराले राज्यले लगाउँदै आएको कर तथा भन्सारसम्बन्धी ऐन, विनियम समयानुकूल समायोजन हुँदै जानुपर्ने बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले विश्वासिलो व्यवसायीलाई भन्सार सुविधा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले चालु आवभित्र रु २४६ अर्ब भन्सार क्षेत्रबाट राजस्व उठाउने लक्ष्य रहेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले वस्तुमा लगाइने मूल्याङ्कन नै ठूलो समस्या भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी