भारतलाई पनि वैदेशिक रोजगारीको मान्यता

भारतलाई पनि वैदेशिक रोजगारीको मान्यता

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १२ माघ ।

नेपालले भारतलाई वैदेशिक रोजगारीको मान्यता दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकलाई समेत वैदेशिक रोजगारीको मान्यता दिइने जानकारी दिनुभयो । रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकको अनिवार्य बीमा हुुने नयाँ व्यवस्थासमेत गरिएको छ ।

नयाँ व्यवस्थाअन्तर्गत भारत जाने नागरिकलाई समेत वैदेशिक रोजगारका लागि अन्य देश जाने नागरिकसरह घातक रोगबापत रु पाँच लाख, जीवन बीमाबापत रु सात लाख ५० हजार र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट अधिकतम रु एक लाख ५० हजारसहित कुुल रु १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुुने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमतिपत्र अनिवार्य रुपमा बनाउनुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ । यो अनुुमतिपत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ । यसका लागि छुुट्टै कार्यविधि बनाई एक महिनाभित्र लागू गरिने प्रधानमन्त्रीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी