उपत्यकामा गत वर्षभन्दा ४२ प्रतिशत बढी राजस्व संकलन

उपत्यकामा गत वर्षभन्दा ४२ प्रतिशत बढी राजस्व संकलन

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ११ माघ ।
काठमाडौ उपत्यकामा चालु आवको पुस मसान्त सम्ममा राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको सो अवधिमा रु एक खर्ब छ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु एक खर्ब १२ अर्ब सङ्कलन भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिनुभयो ।

आयकरतर्फ करिब रू ६१ अर्ब ८९ करोड, मूल्य अभिवृद्धि करतर्फ रू २८ अर्ब ६० करोड र अन्तः शुल्कतर्फ रू २१ अर्ब आठ करोड सङ्कलन भएको छ ।

शिक्षा सेवा शुल्क ३८ करोड ५० लाख र स्वास्थ्य सेवा कर रु ५२ करोड ८५ लाख सङ्कलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत सङ्कलन भएको छ ।

विभागका अनुसार गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तः शुल्क वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत छ ।

काठमाडाँैं उपत्यकाभित्रका सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखलाई दर्ता प्रक्रियामा करदाताको सबै विषय अद्यावधिक गरी बाँकी बक्यौता छिटो उठाउन निर्देशन दिनुभयो ।

उहाँले बहालकरको असुलीमा प्रभावकारिता ल्याउन सरकारी कार्यालयले तिर्ने वहाललाई आधार मानेर बजार अनुगमनलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी