मुलुकलाई अन्धकारमा राखेर मोटाउनेको बोसो झिक्ने उर्जा मन्त्री शर्माको चेतावनी

मुलुकलाई अन्धकारमा राखेर मोटाउनेको बोसो झिक्ने उर्जा मन्त्री शर्माको चेतावनी

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १० माघ । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरी गर्ने , भ्रष्टाचार गर्ने र ठगी गरी मुलुकलाई अन्धकारमा राख्नेको बोसो झिक्ने चेतावनी दिनु भएको छ ।

पानी, प्रकृति एवम् कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले आज आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।

मन्त्री शर्माले हाल विद्युत् प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एक÷एक गरी समातिने र तिनलाई कठोर कार्बाही गर्ने चेतावनी दिनु भयो ।

बिजुलीको मिटर बटारेर कमिसन असुल्ने प्राधिकरण भित्रका भ्रष्टलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पारिने मन्त्री शर्माले बताउनु भयो ।

एक प्रसगंमा उहाले नेपालमा विज्ञ र ईन्जिनियरको समेत क्षमतामा प्रश्न गर्दै विद्युत आयोजनाको संभाव्यता अध्ययन गर्न बर्षौ लगाउने गरेकाले आयोजना ढिलो हुने गरेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी