नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,माघ १० ।

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको छ ।

मुद्रा कोषले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको हो । सरकारले आर्थिक वर्ष २०७३र०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य दिएको छ ।

आईएमएफले यो वर्षको राम्रो मनसुन, चुस्त मौद्रिक नीति, सरकारी खर्च लाई आधारित मानेर ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको छ । तर, विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ ।

आईएमएफले भारतको नोटबन्दीले नेपाली अर्थतन्त्रमा न्यून प्रभाव देखिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी