शेयरमा लगातार गिरावट

शेयरमा लगातार गिरावट

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

काठमाडौँ, ८ माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो ।

गतसाता १४८ कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ४६२ दशमलव ५६ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३१७ दशमलव ३२ अङकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी