काठमाडौ ५ माघ ।
राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको प्रगतिबारे छलफल गर्न कृषि तथा जलस्रोत समितिको बैठक आज बस्दैछ ।
सिंहदरबास्थित समितिको कार्यलयमा बिहान १० बजेपछि बस्ने बैठकमा पश्चिम सेती आयोजना, माथिल्लो कर्णाली आयोजना, अरुण तेस्रो आयोजनाको हालसम्म भएको प्रगतिको समिक्षा हुने जनाइएको छ ।
यस्तै बैठकमा रसायनिक मल कारखना स्थापना सम्बन्धमा भइरहेको पहलका विषयमा पनि छलफल हुने समिति सचिवालयले जनाएको छ ।
समितिको बैठकले आयोजना निर्माणमा हालसम्म भएको प्रगतिको समिक्षा गरी सरोकारवाला निकायलाई आयोजना निर्माणको कामलाई गति दिन निर्देशन दिने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline