अमेरिकी कम्पनीको दुई जहाज खरिद गर्ने निगमको तयारी

अमेरिकी कम्पनीको दुई जहाज खरिद गर्ने निगमको तयारी

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, २ माघ । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाएको छ । निगमलाई जहाज खरिदका लागि जमानी बस्ने निर्णय भने सरकारले यसअघि नै गरिसकेको छ ।

जहाज खरिदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा अमेरिकी कम्पनीको जहाज खरिद गर्ने निर्णय गरेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिनु भयो ।

आजै अमेरिकी कम्पनीलाई आशयपत्र समेत पठाइएको र केही दिनभित्रै अमेरिकी कम्पनी सम्पर्कमा आउने तथा जहाज खरिदको समग्र विषयमा छलफल हुने कंसाकारको भनाई छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जहाज खरिदको विषयमा निर्णय गर्न निगमलाई यसअघि नै सहमति दिनुभएको निगमले उल्लेख गरेको छ ।

यस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बैंक तथा वित्तीय संस्था समेतले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएको कंसाकारले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी