काठमाडौ २ माघ ।
यातायात ब्यवस्था विभागले आजदेखि भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरण कार्य सुरु गरेको छ । लामो समय तयारी गरेरहेको विभागले जगातीस्थित नयाँ कार्यालयबाट पनि सेवा सुरु गरेको हो ।
विभागले यसअघि स्वयम्भुको ठूलो र्भयाङबाट सेवा सुरु गरेको थियो । जगातीबाट पनि लाइसेन्स वितरणको कार्य सुरु भएपछि यातायात ब्यवस्था कार्यालय एकान्त कुनामा लाग्ने भीड घट्ने अधिकारीहरुको दावी छ ।
आफू मातहतको ट्रायल सेन्टर नभएकाले जगातीस्थित कार्यलयबाट लाइसेन्स नवीकरणको काम मात्र गर्नेछ । यस्तै कार्यालयले लाइसेन्सका लागि अनलाइन मार्फत आवेदन पनि बुझ्नेछ ।
विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ । अब काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline