काठमाण्डौं २९ पुष । खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा१७ सदस्यीयनयाँकार्य समिति चयन गरेको हो । साधारण सभाकाक्रममाव्यवसायीहरुले निजी क्षेत्रको आधारबिनामुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा राजेशकाजीश्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि बढ्न नसक्ने बताए । श्रेण्ठले भने, ‘निजी क्षेत्रबाट तिरेको करले मुलुकचलेको छ । त्यसैले मुलुकले निजी क्षेत्रलाई बेवास्तागर्न मिल्दैन ।’अध्यक्षश्रेष्ठले व्यापारीप्रति सरकारको विश्वास नहुँदाव्यापार क्षेत्रमा समस्याहुने गरेको गुनासो समेत गरे ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक धनिराम शर्माले कर नीतिको माध्यामबाट लगानी सुरक्षितगर्न व्यापारीलाई आग्रह गरे ।
संघका अध्यक्षमनोजबाबु श्रेष्ठ, निवर्तमानअध्यक्ष राजेन्द्र शेरचन, लगायतले न्युरोड तथाखिचापोखरी क्षेत्रमापार्किङको चरम समस्या रहेको भन्दै पार्किङ क्षेत्र बिस्तार गरिदिन सरकार तथामहानगरपालिकासँगआग्रह गरे । यसकालागि त्यस क्षेत्रका सबै व्यापारीहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाई छ । करदाता सेवाकार्यालय न्युरोड शाखाकाप्रमुखमुक्तिरामआचार्य, नेपाल चेम्बर अफकमर्शका सचिवपर्शुरामदाहाललगायतले काठमाडौँको मुटुमा रहेको खिचापोखरी, न्युरोड क्षेत्रको समग्र समस्या समाधानकालागि सम्बन्धितपक्षगम्भीर हुनुपर्नेमाजोड दिए । कार्यक्रममाव्यापारव्यवशायको क्षेत्रमामहत्वपूर्ण योगदान पु¥याएकातीनजनाव्यवशायीहरुलाई सम्मानगरिएको थियो ।
साधारण सभाले संघका वर्तमानअध्यक्षमनोजबाबु श्रेष्ठ तथावरिष्ठ उपाध्यक्षगोपालमहर्जनलाई दोस्रो पटक सोहीजिम्मेवारी दिंदै १७ सदस्यीयकार्यसमिति चयन गरेको हो । जस अनुसार नरेन्द्र श्रेष्ठ प्रथमउपाध्यक्ष, गणेशकुमार न्यौपाने द्धितीय उपाध्यक्ष, भरतप्रसाद बडाल महासचिव, कृष्णप्रसाद ढुङ्गाना सचिव र कोषध्यक्षखिलाबहादुर रोक्का बनेका छन् । संघले थप छ जना सदस्यमनोनयन गरी दुई वर्षका लागि २३ सदस्यीयकार्यसमिति चयन गर्नेछ ।
खिचापोखरी व्यापार संघका रुपमामात्र सक्रिय रहँदै आएको संघमा केहीवर्ष अघिबाट न्यूरोड क्षेत्रकाव्यापारी पनि सहभागिभई संघ बिस्तारित भएर खिचापोखरी न्यूरोड व्यापार संघ बनेको थियो । अहिले संघमा सो क्षेत्रका छ सय बढी व्यवशायीतथाव्यापारीहरु आबद्ध छन् ।