विदेशी लगानी भित्र्याउन नयाँ कानुन आउदै : मन्त्री जोशी

विदेशी लगानी भित्र्याउन नयाँ कानुन आउदै : मन्त्री जोशी

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पाल्पा , २७ पुस ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगमा विदेशी लगानी भित्र्याउन नयाँ औद्योगिक कानुन ल्याउन तयारी भईरहेको बताउनु भएको छ ।

प्रथम रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री जोशीले औद्योगिक कानुनमा समस्या भएकाले बिदेशी लगानि भित्राउन कठिन भएकाले केहीदिनभित्रै संसद्बाट संशोधन गरी पारित गर्ने तयारी भइरहेको बताउनु भयो ।

उहाले आर्थिक समृद्धिबिना मुलुकको विकास नहुने हँुदा उद्योग क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

मुलुकलाई अब आर्थिक समृद्धितर्फ लैजानुको विकल्प नभएको मन्त्री जोशीको भनाई छ । मुलुकमा विगतमा सञ्चालन भएर बन्द भएका हेटौँडा कपडा उद्योग र नेपाल औषधि उद्योगलाई पुनःसञ्चालन गर्न वर्तमान सरकार लागिरहेको मन्त्री जोशीले बताउनुभयो ।

मन्त्री जोशीले रामपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाव्यता अध्ययन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
आगामी माघ ८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजक समितिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी