काठमाडौ २६ पौष ।
नेपाली सेयर बजारमा आजपनि दोहोरो अंकको सुधार जारी रह्यो । आज नेप्से परिसूचक १८ अंक बराबरले सकारात्मक रहेर १४ सय ७६ पुग्यो ।
जलविद्युत वाणिज्य बैंक र विकास बैंक समूह दोहोरो अंकले उकालो लागे भने होटल र अन्यबाहेक कारोबार भएका सबै समूहमा सुधार आएको छ ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय ६८ अंकको बृद्धि आयो । यस्तै वित्त समूह ७ अंकले बढ्यो भने उत्पादनमूलक समूह नगन्य अंकल मात्र सकारात्मक रह्यो ।
आज नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको ५ लाख ८७ हजार कित्ता सेयर ३७ करोड ३२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline