एघारौँ चितवन महोत्सव आजबाट सुरु

एघारौँ चितवन महोत्सव आजबाट सुरु

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चितवन, २५ पुस ।

एघारौँ चितवन महोत्सव आजबाट सुरु भएको छ । यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्रा निकालिएको थियो ।

महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् ।

स्टलमा स्वदेशी र विदेशी उत्पादन बिक्री तथा प्रदर्शनका लागि राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले बताउनु भयो ।

दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिने महोत्सवमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने जनाईएको छ ।

महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल पनि हँुदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी