स्युचाटार ट्रान्सफर्मर बिग्रदा विद्युत् आपूर्ति बन्द

स्युचाटार ट्रान्सफर्मर बिग्रदा विद्युत् आपूर्ति बन्द

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।

प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चाबहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटारलगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताउनुभयो ।

सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी