शैक्षिक शुल्क वृद्धि गरिएको विरोधमा सिन्धुलीको क्याम्पसमा तालाबन्दी

शैक्षिक शुल्क वृद्धि गरिएको विरोधमा सिन्धुलीको क्याम्पसमा तालाबन्दी

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

सिन्धुली, २३ पुष । सिन्धुलीको सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । शुल्क बृद्धिको विरोधमा क्याम्पसमा रहेका तीन विद्यार्थी संगठनहरुले क्याम्पस
प्रशासनमा ताला लगाई दिएका हुन् ।

क्याम्पस व्यवस्थापनले विद्यार्थीलाई समस्या हुने गरी अवैज्ञानी,
अव्यवहारिक र मनोमानी तवरले शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दि गरेको अखिल क्रान्त्रिकारी सिन्धुलीका अध्यक्ष उत्तम पहाडीले जानकारी दिनु भयो ।

क्याम्पसले आफुखुसी शुल्क बृद्धि गरेपछि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तीकारी क्याम्पस इकाई समितिले क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको उहाँको भनाई छ ।

विद्यार्थी संगठनका अनुसार क्याम्पस व्यवस्थापन समितिले २०७३ पुष ७ गतेबाट लागु हुनेगरी कक्षा ११ मा बार्षिक ८ हजार ८ सय शुल्क रहेकोमा बृद्धि गरेर १३ हजार ५ सय ५०, स्नताक तह पहिलो बर्षमा ११ हजार ७ सय ५० रहेकोमा बृद्धि गरेर १६ हजार ४ सय ५० स्नाकोत्तर तहको पहिलो बर्षमा १४ हजार ६ सय ५० रहेकोमा बृद्धि गरि २२ हजार ६ सय कायम गरिएको छ ।

हरेक तहमा सोही अनुपातमा शुल्क बृद्धि गरिएको विद्यार्थी संगठनहरुले बताएका छन् ।

शुल्क बृद्धि गरेको विरोधमा कालोपट्टी बाधेर विरोध गर्दै हस्ताक्षर संकलन गरी प्रशासन समक्ष बुझाएको भए पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको विद्यार्थी संगठनहरुको भनाई छ ।

यता क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारीले शुल्क बृद्धिप्रति विद्यार्थी संगठनले जनाएको असन्तुष्टि क्याम्पस व्यवस्थापनलाई जानकारी गराईएको बताउनु भएको छ । २०६४ सालमा बृद्धि गरिएको शुल्कलाई क्याम्पस सञ्चालन गर्न केही थप गरेर समायोजन गरिएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी