उन्नती माईक्रो फाईनान्सको ४ः१ हकप्रद शेयर पारित

उन्नती माईक्रो फाईनान्सको ४ः१ हकप्रद शेयर पारित

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बुटवल । रुपन्देहीको पडषरी गाविसमा प्रधान कार्यालय भएको उन्नती माईक्रो फाईनान्स लिमिटेडले बजारमा पुँजीको बढ्दो आवश्यकताको महसुस गर्दै ४ः१ अर्थात चार बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ । फाईनान्सको शुक्रबार भैरहवामा बसेको दोश्रो साधारण सभाले उक्त निर्णयलाई पारित गरेसँगै ४ः१ हकप्रद शेयर जारी गर्ने भएको हो ।
संस्थाका अध्यक्ष भरत कुमार शाहको अध्यक्षता तथा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको सञ्चालनमा सम्पन्न सभाले अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धित विशेष प्रस्ताव, वित्तीय संस्थाको केन्द्रीय कार्यालय पडषरी–१, रुपन्देहीबाट सिद्धार्थनगर भैरहवामा स्थानान्तरण, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधनका साथै नियमावली संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समीतिलाई अख्तियारी दिने लगायतका केही संस्थाका महत्वपूर्ण योजनाहरुलाई पारित गरेको छ ।
स्थापना कालको छोटो समयमै उल्लेखनीय प्रगति गर्दै गएको संस्थाले निकट भविष्यमै ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरी संस्थाका हरेक एक्टीभिटिजहरुलाई बृद्धि गर्ने योजना बनाएको छ । संस्थाले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७१÷७२को तुलनामा चालु आर्थिक २०७२÷७३को  ५ महिनाको सोही समयमा ७ बटा शाखा संख्याबाट बृद्धि गरी १७ वटा शाखा सञ्जालबाट कार्य सञ्चालन, ७०४७ सेवाग्राही सदस्य संख्याबाट बृद्धि भई ११८८७ जना, ४७३६ जना ऋणीहरुको संख्यामा बृद्धि भएर ७५२० पु¥याएको छ भने, ३४ करोड ९४ लाख कर्जा प्रवाहमा बृद्धि भई ४२ करोड ९४ लाख पुग्नुका साथै निक्षेपमा ६ करोड ८० लाखबाट बृद्धि भएर ८ करोड १४ लाख पुगेकासंस्थाको गत आवको सोही अवधीमा १ लाख २१ हजार कूल सञ्चालन नोक्सान रहेकोमा चालु आवको ५ महिनामा १ करोड ३९ लाख सञ्चालन मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।
आगामी ५ वर्ष भित्र राष्ट्रिय स्तरको माईक्रो फाईनान्समा परिणत भई देशकै नमूना माईक्रो फाईनान्स बन्ने सोच बनाएको उन्नती माईक्रो फाईनान्स १० जिल्ला कार्यक्षेत्रको अनुमती पाएको फाईनान्स हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी