काठमाण्डौ ,पुस २३।
सरकारले विभिन्न समयमा भएका आन्दोलन, द्वन्द्व र राजनीतिक कारणले विस्थापित शिक्षकलाई पुनर्वहाली गर्ने तयारी गरेको छ । विशेषगरी २०५२ सालपछि विस्थापित भएका शिक्षक पुनर्वहाली गर्ने तयारी गरेको सरकारले जनाएको छ ।
त्यसको लागि पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँझबुझ समितिले कामसमेत सुरु गरेको शिक्षा विभागका प्रवक्ता अनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार समितिले बि.स. २०५२ सालपछि राजनीतिक पूर्वाग्रहबाट हटाइएका शिक्षकलाई पूनर्वहाली गर्न बनेको आयोगको प्रतिवेदन अध्ययन गर्नेछ । समितिले तीन महिनामा प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउनेछ ।
सरकारले २०५२ सालपछि राजनीतिक कारणले विस्थापित भएका शिक्षकसँग निवेदन माग्ने र यसअघि परेका निवेदनको छानबिन गर्ने तयारी पनि गरेको जनाईएको छ ।