काठमाडौँ–भक्तपुर जोड्ने पुल निर्माण अलपत्र, बर्षेनी रकम विनियोजन

काठमाडौँ–भक्तपुर जोड्ने पुल निर्माण अलपत्र, बर्षेनी रकम विनियोजन

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

भक्तपुर, २३ पुस ।

स्थानीयको अवरोधका कारण भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण अझै सुरु हुन सकेको छैन ।

विगत छ वर्षदेखि स्थानीयले अवरोध प¥याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कुल चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ साल पुस २४ गते सम्झौता भएपनि अहिलेसम्म काम हुन सकेको छैन ।

तर काम नभएपनि सरकारले प्रत्येक बर्ष सोहि पुल निर्माणका लागी बजेट छुट्याउने गरेको छ । यसवर्ष पनि सरकारले २० लाख रकम विनियोजन गरेको छ ।

सम्झौता लगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो ।

मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ साल कै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि थिमिको बासिन्दाले असहमति जनाएका थिए ।

यता काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन् ।

त्यस्तै भक्तपुुरको चाँगुनारायण र काठमाडौँको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माण कार्य सुरु भएपछि रोकिएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम समयमा अबरोध भएको छ ।
२०६९ असार २५ गते रु तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीका विरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो ।

यता विभिन्न अवरोधकाबीच चाँगुनारायण–साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी