जलेश्वर र दशरथ चन्दको बजेट क्रमशः रु २३ करोड , रु १३ करोड

जलेश्वर र दशरथ चन्दको बजेट क्रमशः रु २३ करोड , रु १३ करोड

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

गौशाला, २३ पुस ।

महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार ५०० को बजेट बिनियोजन गरेको छ ।
२१ नगरपरिषद्को कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजार पाँच सयको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

उहाले बजेटभित्र नगरपालिका कार्यालयका विकास बजेटसहित विभिन्न दातृ निकायको बजेट पनि समावेश रहेको बताउनुभयो ।

बजेटमा आव २०७४÷०७५ मा जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन गरिने, जलेश्वरनाथ प्रवेशद्वार, वाइपास तथा चक्रपथ निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउने कार्यक्रम छन् ।
उता , बैतडीमा पनि आगामी आवका लागि रु १३ करोड ४० लाख १६ हजारको बजेट विनियोजन गरेको छ ।

दशरथचन्द नगरपालिकाको लोकतान्त्रिक गणतन्त्रपछि १० औँ नगरपरिषद्ले चालुतर्फ रु ७५ लाख ८५ हजार, सामाजिक सुरक्षातर्फ रु पाँच करोड, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु ४५ लाख, युनिसेफ कार्यक्रमतर्फ रु २० लाख, स्वास्थ्य कर्मचारीतर्फ रु छ लाख २० हजार, भवन निर्माणतर्फ रु ७५ लाख, सौर्य बत्तीतर्फ रु ४० लाख, नगर सरसफाइतर्फ रु १५ लाख ५० हजार र पुँजीगततर्फ रु पाँच करोड ६२ लाख ६१ को बजेट प्रस्ताव गरेको छ ।

कार्यकारी अधिकृत अर्जुन शर्माले नगरपालिकालाई हरित र बालमैत्री नगर बनाइने, विपद् जोखिम व्यवस्थापन योजना बनाई कार्यान्वयनमा ल्याउने लगायतका नीति समावेश गरिएको जानकारी दिनुभयो । सो अवसरमा सांसद नरबहादुर चन्दले नगरपालिकाले लिएका नीति कार्यान्वयनमा सबैले लाग्नुपर्ने बताउनुभयो ।

यसैबीच सिद्धेश्वर गाउँपरिषद्ले आगामी आवका लागि रु एक करोड २० लाख ३५ हजार नौ सय ९९ विनियोजन गरेको छ । परिषद्ले सिद्धेश्वरमा बालमैत्री उद्यान, भ्युटावर निर्माणलगायत सार्वजनिक महत्वका कार्यक्रमसमेत पारित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी