विद्य्त चुहावट नियन्त्रणमा जोरपाटी वितरण केन्द्रको सक्रियता बढ्दो

विद्य्त चुहावट नियन्त्रणमा जोरपाटी वितरण केन्द्रको सक्रियता बढ्दो

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, २० पुष । नेपाल सरकारल ऊर्जा मन्त्रालयले अहिले देशभरि नै विद्युत चुहावट नियन्त्रण गरी लोडसेडिङ अन्त्य गर्ने अभियान चलाईरहेको बेलामा नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले पनि विद्युत चुहावट नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ ।
जोरपाटी केन्द्रले गएको श्रावण मसान्तसम्ममा आफ्ना मातहतका ईलाकाबाट खपत हुने कूल विद्युत मध्ये करिब १५ प्रतिशत विद्युत चुहावट हुँदै आएकोमा अहिले त्यसलाई घटाएर चुहावट दरलाई ८ प्रतिशतको हाराहारीमा झार्न सफल भएको दाबी गरेको छ । साथै केन्द्रले यो दरलाई बढ्न नदिने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।
चुहावट नियन्त्रणकै लागि जोरपाटी वितरण केन्द्रले काठमाडौंको विशेष गरी बढी चुहावट हुने स्थानहरु क्रमशः जहरसिंहपौवा, नाङ्लेभारे, छाप, पटाप, चिसापानी, लामागाउँ, घुमारचोक आदि क्षेत्रमा दर्जनौ पटक अनुगमन गरि विद्युत हुक गरी चोरी गर्ने ३४ जनालाई कारबाही समेत गरेको छ ।
अनुगमनै क्रममा एक हप्ता अगाडि पनि वितरण केन्द्रले शंकरापुर नगरपालिका–५, साँगाचोकबाट विद्युत चोरी गर्ने एकजनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको जानकारी दिंदै जोरपाटी वितरण केन्द्र प्रमुख सन्तोष कुमारले विद्युत चोरी गर्नेहरुलाई प्राधिकरणले कालो सूचीमा राख्ने गरेको र उनीहरुबाट कारबाही स्वरुप नियमानुसार जरिवाना लिने गरेको पनि बताए ।
स्थानीय प्रहरी समेतको सहयोगमा विद्युत चोरी गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूहरु ज्यादै सफल भएको र विभिन्न समयमा विद्युत हुकिङ्ग गरिरहेकै स्थानबाट थुप्रै परिमाणमा हुकिङ्गमा प्रयोग भएका तारहरु समेत केन्द्रले संकलन गरी ल्याएको पनि केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिए ।
उनी थप्छन्–‘प्रहरी बिना त हामीहरु त्यहाँ जान सक्ने सम्भावना पनि थिएन, अस्ति मात्र धेरै चुहावट हुने माथि उल्लेखित स्थानमा अनुगमनका लागि जाँदा हाम्रो गाडीलाई समेत बाटोमा ढुंगा राखेर अबरोध पु¥याइएको थियो तर हामी त्यसलाई पन्छाएर त्यहाँ पुग्यौं’ ।
केन्द्रको तथ्याङ्क अनुसार विद्युत चोरी गर्नेहरुबाट गत साउन देखि यही मंसिर समान्तसम्ममा जरिवाना बापत ३ लाख ९२ हजार ९ सय ७ रुपियाँ राजश्व संकलन गरेको देखिन्छ भने आफ्नो सम्पूर्ण ग्राहकहरुबाट विद्युत खपत गरे बापत मासिक झण्डै पौने तीन करोड रकम उठाउने गरेको पनि देखिएको छ ।
जोरपाटी वितरण केन्द्रका प्रशासन प्रमुख अंगबहादुर खड्काका अनुसार अहिले यस केन्द्र मातहतमा ६४ जना कर्मचारीहरु कार्यरत रहेको र यस केन्द्रबाट कम्तिमा पनि हप्ताको दुई पटक चुहावट हुने स्थानहरुमा छड्के अनुगमनमा जाने गरेको छ ।
केन्द्रले विद्युत चोरी नियन्त्रणका लागि सक्रियाता बढाएसँगै अहिले नयाँ मिटर जडानका लागि हुने मागमा उल्लेख्य बृद्धि भैरहेको जानकारी दिंदै प्रशासन प्रमुख खड्काले भने– ‘नयाँ मिटर जडानको माग बढ्नुको मतलब हिजो विजुली चोरी गरेर बत्ति बाल्नेहरु अब नयाँ मिटर मार्फत बत्ति बाल्न खोज्दैछन् भन्ने संकेत गर्दछ, जुन कुरा एकदमै सकारात्मक छ’ ।
आफ्नो तालुकी मन्त्रालयले अबलम्बन गरेको विद्युत चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने नीति अनुरुप नै चुहावट नियन्त्रणका लागि बितरण केन्द्रले थप सक्रियता बढाएको र यही थप सक्रियतका कारणले नै गर्दा चुहावट दरलाई आधामा झार्न सकिएको जोरपाटी वितरण केन्द्रका प्रमुख सन्तोष कुमारले जानकारी दिएका छन् ।
बागमती खोला देखि पूर्वी ईलाका भोटेचौर(सिन्धुपाल्चोक जिल्लाको सीमाना)सम्मका करिब २० हजार विजुलीका ग्राहकहरु जोरपाटी वितरण केन्द्रको जिम्मामा पर्दछन् भने केन्द्रको तथ्याङ्क अनुसार विशेष गरी पूर्ण ग्रामिण ईलाकामा नै बढि विद्युत चोरी हुने गरेको देखिन्छ ।
नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्र,माकलवारीले अहिले पीक आवर (विशेष गरी बिहान र बेलुकी) समयमा विद्युत कम खपत गरि लोडसेडिङ घटाउन प्राधिकरणलाई मद्धत गर्न आफ्ना ग्राहकहरुलाई रेडियो, पर्चा र पम्प्लेट मार्फत सचेतना अपील समेत गरिरहेको केन्द्र प्रमुख सन्तोष कुमार बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी