पच्चीस हजार आठसय ९२ लाभग्राही रहेको तथ्याङ्क सार्वजनिक

पच्चीस हजार आठसय ९२ लाभग्राही रहेको तथ्याङ्क सार्वजनिक

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

ललितपुर, २० पुस ।

ललितपुर जिल्लामा यसअघि छुटेका लाभग्राहीसमेत गर्दा २५ हजार आठसय ९२ जनाको भूकम्पले घरमा क्षति पुयाएको नयाँ तथ्याङक सार्वजनिक भएको छ ।

स्थानीय विकास अधिकारी हरिप्रसाद दाहाललेका अनुसार घर सर्वेक्षण भएर वा नभएर छुटेका लाभग्राही समेत हामीले पहिचान गरिएको हो ।

जिविसले लाभग्राहीका सूचीमा छुटेका तीनसय १७ र घर सर्वेक्षण नै छुटेका १४ जना लाभग्राहीको गुनासो सम्बोधनका लागि पुनःनिर्माण प्राधिकरणमा पठाएको थियो ।

पहिचान भएका लाभग्राहीमध्ये १७ हजार एकसय ४२ घरधुरीको अनुदान सम्झौता भइसकेको जिविसले बताएको छ । जिविसले तीनहजार ४० घरधुरीको भुक्तानीका लागि सिफारिस गरेको छ । विभिन्न नगरपालिका र गाविसले आठहजार दुईसय ४२ लाभग्राहीलाई भुक्तानीका लागि सिफारिस गरिसकेका छन् ।

भूकम्पपछि जिविसमा छ हजार एकसय १८ वटा गुनासो दर्ता भएका थिए । तीमध्ये एक हजार छसय ३२ गुनासो फस्र्यौट भइसकेको स्थानीय विकास अधिकारी दाहालले बताउनुभयो ।

निजी आवास पुनःनिर्माणकै लागि ललितपुरका विभिन्न गाविस र नगरपालिकाका वडामा गैरसरकारी संस्थासँग पनि पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी