झापामा भारुको अवैध कारोबार बढ्दै

झापामा भारुको अवैध कारोबार बढ्दै

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

झापा, २० कात्तिक । भारतले नोटबन्दी गरेयता झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, झापाका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० सम्म नेपाली रुपैयाँ लिने गरेका छन् ।

बाटोमै बसेर समेत भारु पैसा साटफेर हुनेगरेको छ । बाटोमा साट्नेले  भारु सयको दुई सय रुपैयाँसम्म लिने गरेका छन् ।

भारतको सीमावर्ती बजार गलगलिया, पानीट्याङ्की, नक्सलबाडी लगायतका बजारमा किनमेलका लागि यहाँका सर्वसाधारण जाने गरेका छन् । भारु सटहीको मार नेपाली मात्र नभई भारतीय नागरिकलाई समेत परेको छ ।

नेपाल राष्ट्र् बैंकको भद्रपुर शाखा र काँकरभिट्टा शाखाले दैनिक रु तीनलाख भारु बाँड्ने गरे पनि त्यो पर्याप्त भएको छैन । बैंकमा घन्टौँसम्म लाइन लागेर पनि ग्राहकले भारु पाउन सकेका छैनन् ।

भारुको कारोबार गर्नेले पानीट्याङ्कीमा नेपाली उपभोक्ताले खर्च गरेको पैसा पसलबाट सङ्कलन गरी पुनः काँकरभिट्टा नाकामा ल्याएर बेच्ने गरेका छन् । यसरी सङ्कलन गरेको रकम कारोबारीको हातमा आउने र पुनः महँगोमा बेच्ने गरेकाले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी