शिक्षा पत्रकारिता पुरस्कार प्रदान

शिक्षा पत्रकारिता पुरस्कार प्रदान

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौँ, १९ पुस । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कार, २०७२ बाट आज विभिन्नि पत्रकार र सञ्चार माध्यम पुरस्कृत भएका छन् । शिक्षा राज्यमन्त्री धनमाया विकले ती पुरस्कार वितरण गर्नुभएको हो । यसवर्ष रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार संयुक्तरुपमा ‘कान्तिपुर’ दैनिकका मकर श्रेष्ठ र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका सूर्यप्रसाद पाण्डेलाई प्रदान गरियो । यस्तै पाँच विकास क्षेत्रका तीसभन्दा बढी पत्रकारलाई क्षेत्रीय पुरस्कार र लेखनवृत्ति तथा छापा र रेडियोका आधारमा संस्थागत पुरस्कार प्रदान गरियो ।

राज्यमन्त्री विकले शिक्षा नीतिमा सामयिक परिवर्तन गर्नुपर्ने आवश्यकता भए पनि सोचेजस्तो छिटो काम हुन नसकेको बताउनुभयो । शिक्षा मन्त्रालय आफ्ना १९ बुँदे सुधारका कार्यक्रम कार्यान्वयनका क्रममा रहेको भन्दै विद्यार्थीको हातमा समयमा पुस्तक पु¥याइने जनाउनु भयो ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सरकारले प्रशस्त विद्यालय बनाएपनि सञ्चार माध्यमले त्यसलाई प्राथमिकता दिन नसकेको गुनासो गर्नु भयो ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले शिक्षा प्रभावकारी हुनसके मात्र मुलुक र समाजको भविष्य सुन्दर हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी