काठमाण्डौ, पुस १९ ।
नेपाल विद्युत् प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउने बारे अध्ययन सुरु गरेको छ ।
विद्युत् वितरण र भुक्तानीलाई स्वचालन प्रणाली (अटोमेशन)मा लिने सोचअनुसार प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउनेबारे अनौपचारिक रूपमा अध्ययन सुरु गरेको हो ।
यसका लागि विभिन्न अन्तर्राष्ट्रिय स्मार्ट मिटर उत्पादक कम्पनीहरुले समेत प्राधिकरणलाई लविङ गरिरहेका पनि देखिएको छ ।
करिब एक साताअघि मात्रै ईवाई इन्डिया पावर एन्ड युटिलिटिज इन्डस्ट्री नामक कन्सल्ट्यान्ट कम्पनीका प्रतिनिधिले प्राधिकरणका अधिकारीहरुलाई स्मार्ट मिटर प्रयोग र यसका फाइदा बेफाइदाबारे प्रस्तुतिकरण दिनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline