हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन भोलीबाट सञ्चालन हुने

हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन भोलीबाट सञ्चालन हुने

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,१८ पुस ।

१३२ केभी क्षमताको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन भोलीदेखि सञ्चालनमा आउने भएको छ ।

मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन भोली चार्ज गरिने आयोजना प्रमुख केदार सिलवालले जानकारी दिनुभयो । सो प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने छ ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारण लाइन मुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए ।
विसं २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी