म्याग्दीको कालीगण्डकीबाट दुई किलोवाट विद्युत् उत्पादन

म्याग्दीको कालीगण्डकीबाट दुई किलोवाट विद्युत् उत्पादन

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

म्याग्दी, १७ पुस ।

म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गर्नुभएको छ ।

दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकी नदीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु गर्नुभएको हो ।

तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबैको सहयोग भएमा पाँच किलोवाटसम्म उत्पादन गर्न सकिने श्रेष्ठले बताउनुभयो । विगत २०५७ सालदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालीखोलाबाट बजार तथा आसपासका क्षेत्रमा ऊर्जाको खपत गर्न सकिने दाबीसमेत गर्नुभयो ।

विद्युत् उत्पादनका लागि कुलो निर्माणका साथै टर्वाइन, जेनेरेटर र छ मिटरको पाइपका साथै अन्य सामग्री प्रयोग गरिएको छ । प्रतिसेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजारवाट उत्पादन गर्न सकिन्छ । एक हजारवाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट एक सय चिम बाल्न सकिन्छ ।

म्याग्दी ऊर्जा केन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एक दर्जन जिल्लामा पाँचदेखि १० किलोवाटसम्मको लघु जलविद्युत् जडान गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी