काठमाडौं, पुस १७।
मलेसियामा कार्यरत नेपाली कामदारले आज देखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनु नपर्ने भएको हो ।
रोजगारदातालाई कामदारप्रति थप जिम्मेवारी बनाउने उदेश्यले नयाँ नियम ल्याएको मलेसिया सरकारले जनाएको छ ।
मलेसियाले नयाँ वर्ष सन् २०१७ देखि लागु हुने गरी रोजगारदाताले नै लेबी बुझाउनुपर्ने निर्णय गरेपछि मलेसियामा कार्यरत झण्डै साढे ६ लाख नेपाली कामदारलाई फाइदा पुग्ने छ ।
यस्तै मलेसियाले आप्रवासी कामदारको सेक्युरिटी डिपोजिटबारे पनि पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline