पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएको मिस टुरीजम नेपाल सिजन २ को चौथो अडिसन सुनसरीको धरानमा सम्पन्न भएको छ ।
धरानस्थित होटल याड्कोपको सभाहलमा लिइएको अडिसनमा दर्जन भन्दाबढी युवतीहरूको समभागीता रहेको थियो ।
सहारा इन्टरटेन्मेन्ट प्रा.ली को आयोजनामा भएको अडिसनमा सहभागीहरूले आफुभित्र रहेको कलालाई प्रस्तुत गरेका थिए । मिस टुरीजम नेपाल सिजन २ मा सहभागिहरूको भिड उत्साहजनक रूपमा देखिएको कार्यक्रमका आयोजकले जननाएको छ ।
मिस टुरीजम नेपाल सिजन २ को बिजेतालाई ५० तोला चा“दीको ताज , स्कुटी , मनाङ , मुस्ताङको भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा अवसर समेत दिईने आयोजक मिस टुरिजम नेपाल सिजन २ का इभेन्ट डाइरेक्टर हिन्दुहाङ सोरोङ राईले जानकारी दिनु भएको छ ।
त्यस्तै प्रतियोगीताकै फस्ट रनरलाई क्राउन, ३५ हजार नगदका साथै मनाङ,मुस्ताङको भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा खेलाइने र सेकेन्ड रनर अफलाई २५ हजार नगद मनाङ , मुस्ताङको भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा खेल्ने मौका प्रदान गरिने आयोजकले जनाएको छ ।