आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् ल्याईदै

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् ल्याईदै

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १६ पुस । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा र भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको शुक्रवार साझ भएको टेलिफोन वार्तामार्फत आईतवारदेखि विद्युत् आयात गर्ने सहमती भएको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

भारतबाट आयात हुने थप ४० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गरिनेछ ।
नेपालले भारतबाट हाल ल्याईरहेको भइरहेको ८० मेगावाट पनि सोहि प्रसारण लाइनबाट नै आयात भईरहेको छ ।

टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने र प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सहमतिअनुरुपको विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी