म्याङलुङ नगरपालिकाको विकास बजेट रु १० करोड

म्याङलुङ नगरपालिकाको विकास बजेट रु १० करोड

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

तेह्रथुम, १६ पुस ।

म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ ।

नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै आव २०७४÷०७५ का लागि वजेट सार्वजनिक गर्नुभयो ।

सार्वजनिक गरिएको रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा कार्यक्रममा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बजारको फोहरमैला व्यवस्थापन, पोखरीसहितको उद्यान निर्माण, म्याङलुङ बजार चक्रपथ, बजार क्षेत्रमा फ्रि वाइफाइ, बाल उद्यान, ज्येष्ठ नागरिक विश्रामस्थल, सन् २०१७भित्र बालमैत्री नगर घोषणाको तयारी, सत्यडाँडा भ्यु–टावर निर्माणलगायत योजना प्राथमिकतामा राखिएको कार्यकारी प्रमुख नेपालीले जानकारी दिनुभयो ।

कुल बजेटमध्ये रु ६१ लाख ८० हजार चालु खर्च, करिब रु छ करोड ५७ लाख पँुजीगत खर्च, बाह्य स्रोत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु २९ करोड ६१ लाख र सामाजिक सुरक्षातर्फ रु दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी