काठमाण्डौमा सौर्यबत्ती जडान सुरु, पहिलो चरणमा चार सय खम्बा राखिने

काठमाण्डौमा सौर्यबत्ती जडान सुरु, पहिलो चरणमा चार सय खम्बा राखिने

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ,१६ पुस ।
काठमाडौँ महानगरपालिका भित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ ।
पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले जनाएको छ ।

पहिलो चरणमा कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा पिलर राखि वत्ति जडान गरिने ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवले बताउनु भयो । ती स्थानमा चार सय खम्बा राखिने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

काठमाण्डौ महानगरपालिकाले आगामी डेढ वर्ष्भित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ती जडान गर्ने लक्ष्य लिएको छ ।

दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौंँ प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सयसौर्य बत्ती जडान गरिने बताइएको छ ।
त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् ।
निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक रु आठ हजार सात सय रोयल्टी कामपालाई बुझाउनुपर्ने छ ।

सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । कामपाले एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी