उनीफेल्टले अन्तर्रा्ष्ट्रिय बजार लिँदै

उनीफेल्टले अन्तर्रा्ष्ट्रिय बजार लिँदै

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, पुस १५ । नेपालको निकासी क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनीफेल्टले अन्तर्रा्ष्ट्रिय बजार लिँदै गएको छ ।

उनीफेल्टका उत्पादन युरोपेली बजारमा वार्षिक झन्डै डेड अर्बको हाराहारीमा निकासी हुने गरेको फेल्ट उद्योग क्षेत्रमा क्रियाशील उद्यमी एवं निर्यातकर्ताहरुको छाता संगठन नेपाल उनीफेल्ट उत्पादक तथा निर्यातक संघले जनाएको छ ।

तर यो उत्पादनका लागी चाहिने कच्चापदार्थको आयात भने न्यूजिल्यान्डबाट हुने गरेको छ । संघको वार्षिक साधारणसभाका अवसरमा उनीफेल्टले अन्तर्रा्ष्ट्रिय बजार लिँदै गएको जानकारी गराइएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगी–व्यावसायीहरुले उद्योगको विकासभन्दा बढी आयात व्यापारलाई प्राथामिकता दिएकाले नेपालमा उद्यमशीलता छ कि छैन भन्ने प्रश्नचिह्न खडा भएको बताउनु भयो ।

उहाले नेपाली उद्योगपतिहरुमा रहेको व्यक्तिगत लोभकै कारण उद्योगको विकासमा साझा धाराणा आउन नसकेको टिप्पणी गर्नुभयो ।

मन्त्री जोशीले नेपालमा व्यावसाय गर्ने आधारभूतस्तम्भ निर्माण गर्नका लागी उद्योगसम्बन्धी दुईओटा ऐन पास भइसकोको र अरु बाँकी ऐन पास हुन बाँकी रहेकाले अब भिजनसहित उद्योगी–व्यवसायीलाई आउन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक विकास र निर्यात प्रवद्र्घनका सवालमा सरकारको कदम सन्तोषजनक नरहेको गुनासो गर्नुभयो ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्घन समितिका सभापति अनुपबहादुर मल्ललगायतले निकासी व्यापारमा देखिएका वर्तमान समस्या र चुनौती विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी