मोटर ¥याली सौराहा प्रस्थान

मोटर ¥याली सौराहा प्रस्थान

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं पुष १५ । काठमाडौंदेखि सौराहासम्म आयोजना गर्न लागिएको मोटर ¥याली काठमाडौंबाट प्रस्थान गरेको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा उक्त मोटर ¥याली आयोजना गरेका हुन् । ¥यालीलाई नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्याल, लायन्स क्लबका पीडीजी एमजेएफ लायन डा. जयहरिराज पाण्डे र नासाका अध्यक्ष दशरथ रिसालले विदाई गरेका छन् ।
मोटर ¥याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ भएको थियो । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त ¥यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ ।

 

मोटर ¥यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ । यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर ¥याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका ९ वटा मोटर ¥याली सम्पन्न गरिसकेका छन् । ¥यालीमा २४ कारको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी