काठमाडौ १३ पौष ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज सुन्दरीजलमा जोडिने भएको छ । सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गएको सुरुङमध्ये ९ दशमलव ४ किलोमिटरको सुरुङ आज जोडिने आयोजनाले जनाएको छ ।
दुवैतर्फको सुरुङ जोडिन १ दशमलव ९ मिटर मात्र बाँकी रहेकाले आजै जोडिने आयोजनाका इन्जिनियर बर्मालाल राजभण्डारीले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरूङमा अब साँढे ५ किलोमिटर खन्न बाँकी छ ।
सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरूङ खन्न बाँकी रहेको राजभण्डारीले बताउनु भयो ।
बाँकी साँढे ५ किलोमिटर सुरुङ आगामी ७ महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ । मेलम्चीको पानी आगामी असोजसम्म राजधानीमा झार्नेसरकारको योजना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline