काठमाडौं, पुस १२ ।
सबै ८ कम्पनी समुहका उपसुचकमा गिरावट आएपछि शेयर कारोबार मापक नेप्से परिसुचक २५ दशमलव ४ अंकले घटेको छ ।
नेप्से आज १ दशमलव ७५ प्रतिशतले हस आई १ हजार ४ सय ७ दशमलव ५३ अंकमा पुगेको छ । हिजो ४२ दशमलब ८४ अंकले घटेको थियो ।
सबैभन्दा बढी बिमा समुहको उपसुचक १ सय ९१ दशमलव ६३ अंकले ओरालो लागेको छ ।
यस्तै जलबिद्युतको ३० दशमलव ७५, बैंक समुहको २४ दशमलव १४, बिकास बैंकको २१ दशमलव ८३, बित्तको १६ दशमलव ५७, होटल समुहको १७ दशमलव ९४ र नेपाल टेलिकम आबद्ध अन्य समुहको ३ दशमलव ४७ अंकले घटेको छ ।
कारोबार भएका १ सय ३० कम्पनीका ४ हजार ८ सय १८ कारोबारबाट ५९ करोड ५३ लाख ७४ हजार ३ सय ८३ रुपैयाँ बराबरका १० लाख ४१ हजार २ सय २० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline