मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, पुस १२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले अब ५ साढे पाँच किलोमिटरमात्रै सुरुङमार्ग निर्माण कार्य बाकी रहेको जनाएको छ ।

कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटरमात्र निर्माण गर्न बाँकी रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाका अनुसार यहि अनुातमा काम भए २०७४ साल भदौ महिनाभित्रमा सुरुङमार्ग खन्ने काम सम्पन्न हुनेछ ।

सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे ९ किमिमध्ये १० मिटरमात्र टनेल निर्माणकार्य बाँकी रहेको जानकारी दिदै उहाले यो एक हप्ताभित्र निर्माण सम्पन्न हुने बताउनु भयो ।

साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको सचिव उपाध्यायले बताउनु भयो ।

सन् २००९ मा टनेल निर्माणकार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले काम नगरेपछि सरकारले सन् २०१३ मा सो सम्झौता रद्द गरी इटालियाली कम्पनीलाई जिम्मा दिएको थियो ।

रु २४ अर्बको लगानिमा निर्माण हुने टनेलबाट करिब १७ हजार करोड लिटर पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा झर्नेछ । हाल सो प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।

टनेलको काम सम्पन्न भएपछि उपत्यकावासीले आगामी असोजसम्ममा मेलम्चीको पानी उपयोग गर्न पाउने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी