प्राधिकरणको बेथिति अन्त्य भए लोडसेडिङ हुदैन : शर्मा

प्राधिकरणको बेथिति अन्त्य भए लोडसेडिङ हुदैन : शर्मा

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

पौष ८, गोरखा ।
उर्जामन्त्री जनार्दन शर्माले सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको भन्दै देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।

गोरखामा आज आयोजित कार्यक्रममा बोल्दै उहाले नेपालको पानी, जनताको लगानीको अवधारणा अन्तरगत सरकारले चुहावट नियन्त्रण गरि लोडसेडिङ मुक्त अभियानलाई बिस्तार र निरन्तरता दिने बताउनु भयो ।

प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेको भन्दै मन्त्री शर्माले नयाँ आयोजनाहरुको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।

उपत्यका उज्यालो बनाउने परिकल्पना र निर्देशन प्रधानमन्त्री प्रचण्डको भएको भन्दै उहाले त्यसलाई निरन्तरता दिने बताउनु भयो ।

यस्तै ,संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उर्जा मन्त्रालयले देशैभरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेको र कालिका ‘ए’ साना जलविद्युत् आयोजनाले सरकारको योजनामा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले विगतमा काठमाडौंको सडक फराकिलो बनाएर माओवादी नेतृत्वको सरकारले लोकप्रियता हासिल गरेको र अहिले लोडसेडिङ अन्त्य गरेर अर्को लोकप्रियता हासिल गरेको भन्दै कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोडसेडिङ अन्त्य गर्ने अभियानमा कालिका हाइड्रोले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

कालिका पावर कम्पनि लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

२०६३ पौष ९ गते विद्युत् उत्पादनका लागि अनुमति पाएको कालिका पावर कम्पनिले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी