तातोपानी नाका खोल्न आतुर छौ : चीन  

तातोपानी नाका खोल्न आतुर छौ : चीन  

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सिन्धुपाल्चोक ,८ पुस ।
भूकम्पबाट क्षतिग्रस्त सीमा सडक पुननिर्माणपछि तातोपानी नाका खुलाउने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

सीमा सडकको पुननिर्माण भइरहेको जनाउँदै उनीहरूल तिब्बतको कुती र खासा आसपासका सडक तथा भवनहरूमा निर्माण कार्य सकिएलगत्तै नाका तत्काल सञ्चालन गर्ने बताएका हुन्।
सिन्धुपाल्चोक र तिब्ब्तका प्रमुखहरूबीच बुधबार सदरमुकाममा सीमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी द्विपक्षीय बैठकमा उनीहरूले नाका खोल्न चीन आतुर रहेको बताए ।

भूकम्पपपछि झन्डै २० महिनादेखि तातोपानी नाका ठप्प छ । नाका खोल्न पटकपटक द्विपक्षीय छलफल भए पनि समस्या सुल्झिन सकेको छैन । सिन्धुपाल्चोकका कामु जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार चीनले मितेरी पुलसम्मको सडक दुरुस्त बनाएपछि व्यापार सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

बैठकमा चीनको नेलाम जिल्ला प्रमुख पिङ लु वीको नेतृत्वमा १७ सदस्यीय टोलीको सहभागिता थियो । टोली प्रमुख पिङले नाका सञ्चालन गर्न आफूहरू आतुर रहेको बताएका थिए । उनले चिनियाँ भूभागमा पनि भूकम्पले प्रभावित भएको बताएका थिए । भूकम्पपछि तिब्बत सरकारले सीमा क्षेत्र खासाको भौतिक संरचना खल्बलिएको भन्दै त्यहाँका स्थानीयलाई सिगात्सेमा पुनस्स्थापना गराएको छ ।

बैठकमा सहभागी स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीका अनुसार सिन्धुपाल्चोक र नेलाम जिल्लाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध कायम राख्ने विषयमा माथिल्लो निकायमा पत्राचार गरिएको चिनियाँ पक्षले जानकारी दिएको थियो । शाहीले नेलाम प्रशासनले भगिनी सम्बन्धका लागि तिब्बत सरकारबाट स्वीकृति लिने प्रक्रियामा रहेको जानकारी समकक्षीले दिएको बताए ।

चीनले भूकम्प गएयता नै नाका सञ्चालन गर्ने आश्वासन दिँदै आएको छ । वर्षको दुईपटक बस्ने उक्त बैठक यसपालि भने नौ महिनामा मात्र बसेको थियो । नाका बन्दपछि बर्से्नि करिब २० अर्बको आयात र पौने ३ अर्बको निर्यात व्यापार ठप्प छ । सयौं व्यापारी पलायन भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी