सिन्धुली जिल्लाको विकासको निम्ती पहल गर्दै सिन्धुली महोत्सव शुरु

सिन्धुली जिल्लाको विकासको निम्ती पहल गर्दै सिन्धुली महोत्सव शुरु

  • बिहिबार, पुस ७, २०७३
  • रुद्र वहादुर खड्का

  • 6K
    SHARES

पौष ७ गते विहीवार  । समृद्ध सिन्धुली निर्माणको आधार कृषि पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरण सुधार भन्ने नाराका साथ आजदेखि पुस १८ गतेसम्म सिन्धुली महोत्सव तथा प्रदर्शन मेला सुरु भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समितिको कार्यालय, कमलामाई नगर पालिका , सिन्धुलीको संयुक्त आयोजनामा भएको हो ।
मुल आयोजक समारोहका संयोजक  उद्योग वाणीज्य संघ, सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठ को अध्यक्षतामा उद्घाटन् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि माननिय उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले साँस्कृतिक, आर्थिक, विकासको दृष्टिकोणले अन्य जिल्लाको तुलना भन्दा सिन्धुली धेरै फट्कोमारी सकेको कुरा वताउनु भयो । समृद्ध नेपाल सिन्धुलीको विकास निर्माणका लागि गाउ गाउँबाट जनताहरु एकजुट भएर अघि बढन् सकेमात्र सिन्धुलीको भविष्य सुन्दर रहने कुरा व्यक्त गर्नु भयो । नेपाल सरकारको प्राप्त भएर आएको बजेटलाई विकास निर्माणको आयोजनाहरुलाई पारदर्शित ढंगले स्थानिय श्रोत साधन परिचालन गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो । ऐतिहासिक सिन्धुलीगढी दरबारलाई पुन निर्माण गर्नको लागि राज्यले व्यवस्थापन गर्नुपर्ने विचार समेत उल्लेख गर्नु भयो ।

खुर्कोट सिन्धुली तिर्वगतिमा सुरुङ मार्ग वनाउनको लागि दातृराष्ट्र संग वजेट माग पहल गर्ने, गरिने साथै मरिण, चदाहा, कमला नदि नियन्त्रणका लागि सरकारले तिर्व गतिमा पहल गर्ने छौ भनि र दश वर्षे स–सस्त्र जनयुद्धको परिणामले आज हामी लोकतान्त्रिक संविधान निर्माण गरि नेपाली जनताको हक हित र अधिकार सुनिश्चित गरको अभिव्यक्ति प्रष्ट पार्नुभयो ।


राजनितिक दलहरु ऐक्यवद्धता भए मात्र देशको राजनितिक समस्याको समाधान हुने र संविधान कार्यान्वयनमा वल पुग्ने पनि वताउनु भयो र सरकारले राज्यको पुर्ण संरचना निर्माण नगरी तिनै वटा निकायको चुनाव सम्भव नहुने जानकारी गराउनु भयो । उद्घाटन कार्यक्रममा सिन्धुली जिल्लाका राजनितीदलका नेताहरु तथा स्थानीय जिल्ला पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ