काठमाडौं निजगढ द्रुतमार्ग निर्माण गर्न ७ सदस्यीय समिति गठन

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण गर्न ७ सदस्यीय समिति गठन

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ पुस ७ ।
सरकारले काठमाडौं निजगढ द्रुतमार्ग आफैले बनाउने औपचारिक निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले भारतीय कम्पनी आइएल एन्ड एफसीलाई फास्ट ट्रयाक निर्माण गर्न दिने प्रस्ताव रद्द गर्दै सरकार आफैंले निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले द्रुतमार्ग निर्माणका लागि आवश्यक पर्ने वित्तिय श्रोत व्यवस्थापनका लागि ७ सदस्यीय समिति समेत गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले ७ दिनभित्र वित्तिय ब्यवस्थापन सहित यसअघि भारतीय कम्पनीले बनाएको डिपिआर ठीक भए नभएको बारे पनि अध्ययन गर्ने छ । अध्ययन सकेर समितिले एक महिनाभित्र आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाउने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यस्तै, मन्त्रीपरिषदले प्रदेश निजामती सेवाको गठन र सञ्चालनका लागि बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नती गर्ने, नेपाल औषधि लिमिटेडको महाप्रबन्धक रोवस कुसुम सुवेदीलाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी