सीतापाइला देखि नौविसे सम्मको सुरुङ मार्ग निर्माण गर्न जापानले १५ अर्ब ऋण दिने

सीतापाइला देखि नौविसे सम्मको सुरुङ मार्ग निर्माण गर्न जापानले १५ अर्ब ऋण दिने

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, पुस ७।
जापानले राजधानीको सीतापाइलाबाट धादिङको नौबिसे सम्मको सुरुङ मार्ग बनाउन १५ अर्ब २८ करोड रुपैयाँ ऋण दिने सम्झौता भएको छ ।

सम्झौतामा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाकी ओगावा बिच आज हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सुरुङ खन्न जापानले जापानी सहयोग नियोग जाइका मार्फत नेपाललाई उक्त रकम ऋण उपलब्ध गराउने छ ।

सरकारले सहुलियतपूर्ण ऋण प्राप्त भएसँगै नेपालमै पहिलो पटक सडकमा आधारित सुरुङ निर्माणको काम अघि बढ्ने जनाएको छ ।

निर्माण सुरु भएको तीन वर्षमा बनाइ सक्ने लक्ष्य राखिएको उक्त सुरुङ मार्ग बनेपछि सीतापाइला–नौबिसेको दूरी २० मिनेटमा झर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी