२० अर्ब ४० करोडको लागतमा नागढुङ्गा–नौबिसे सुरुङ मार्ग बन्दै

२० अर्ब ४० करोडको लागतमा नागढुङ्गा–नौबिसे सुरुङ मार्ग बन्दै

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं पुस ६ ।
नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ । जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो । नेपाल र जापान सरकारबीच बिहीबार उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएपछि सुरुङ निर्माण हुने भएको हो।

परियोजनाको कुल लागत २० अर्ब ४० करोड रुपैयाँ हुने अनुमान गरिएको छ । परियोजना अन्तर्गत सुरुङको सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालय लगायतका पूर्वाधार समेत निर्माण गरिने जनाइएको छ।

सुरुङलाई सुरक्षित बनाउन बत्ति, आकस्मिक पार्किङ, लाउड स्पिकर, सीसीटीभी क्यामेरा, बाहिर निस्कने मार्ग, पर्याप्ट अक्सिजनका लागि भेन्ट्रिलेशन लगायतका व्यवस्था गरिने जनाइएको छ।

जापान सरकारको अफिसियल डेभलपमेन्ट असिस्टेन्स(ओडिए)अन्तर्गत प्राप्त हुने ऋणको ब्याजदर ०.०१ प्रतिशत रहने छ। ऋण भुक्तान गर्ने अवधि ४० वर्षको रहने छ।

धादिङको सिस्ने खोलादेखि काठमाडौंको बस्नेत छापसम्म दुई लेनको टनेल निर्माण हुने बताइएको छ। दुवैतिर उक्त टनेललाई जोड्न कुल २.६ किलोमिटरको सडक, २ ओटा पुल उक्त परियोजना अन्तर्गत निर्माण गर्नु पर्नेछ । तर हालसम्म सञ्चालन मोडालिटीका बारेमा टुङ्गो भने लागेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी