पेट्रोल, डिजेल र मटितेलको मूल्यमा साढे ४ रुपैयाँले बढ्यो, ग्यास र हवाई ईन्धनको यथावत

पेट्रोल, डिजेल र मटितेलको मूल्यमा साढे ४ रुपैयाँले बढ्यो, ग्यास र हवाई ईन्धनको यथावत

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,पुस ४ ।
इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढेको छ । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले बृद्धि गरेको हो ।

भारतिय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार बढेको मुल्य आईतवार रातिदेखि नै लागु भईसकेको निगमका प्रवक्ता भानु खनालले बताउनु भयो ।

नयाँ मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो ।

खनालका अनुसार आइओसीले खुद्रा मुल्य बढाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत राखेको छ ।

हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ । यसअघि निगमले मंसिरमा हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको थियो । प्रतिलिटर हवाई इन्धन (आन्तरिक तर्फ) ८६ रुपैयाा र अन्तर्रा्ष्ट्रिय तर्फ प्रतिहजार ७ सय ५० डलर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी