भोलिदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्व श्रम स्वीकृतिको प्रक्रिया शुरु हुने

भोलिदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्व श्रम स्वीकृतिको प्रक्रिया शुरु हुने

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ पुस २ । वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्व श्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको छ ।म्यानपावरहरूले लिने पूर्व श्रम स्वीकृतिको अनलाइनबाट बुझ्न सुरु गर्ने विभागका काठमाडौं कार्यालय प्रमुख कृष्ण दवाडी जानकारी दिनुभयो ।

विभागले ब्यक्तिगत श्रम स्वीकृति र रि इन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाने बताएको छ । अहिले संस्थागतमा मात्रै अनलाइमा लैजाँदा कामदारलाई खासै सुविधा पुग्ने छैन । ब्यक्तिगत अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन ।

श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको छ ।

यो सिस्टमबाट पहिलो चरणमा संस्थागत रुपमा विदेश जान लागेका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ । यो प्रक्रिया थालेपछि म्यानपावरले सीधै पूर्व श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी