काठमाण्डौ ,२ पुस ।
अघिल्लो बर्षको तुलनामा सन् २०१६ को ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको सङख्या ३३ प्रतिशतले बढेको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १ लाख १६ हजार १ सय ३० ले बढेको हो ।
सन् २०१६ को ११ महिनामा जम्मा ६ लाख ५५ हजार १ सय जना बिदेशी नागरिकले नेपाल भ्रमण गरेका छन् । यसरी भित्रिने मध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा बढी छ ।
चीन दोस्रो स्थानमा रहेको बोर्डका अधिकृत सुधन सुुवेदीले जानकारी दिनुभयो ।
सन् २०१६ मा ७ लाख पर्यटकले नेपाल भ्रमण गर्ने बोर्डको आकलन थियोे । अहिलेको तथ्यांकले आगामी वर्ष पर्यटनका लागि अझ उत्साहप्रद रहने संकेत देखिएकोे सुवेदीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline