शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने

शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने

  • शुक्रबार, पुस १, २०७३
  • लक्ष्मि भुसाल

  • 6.7K
    SHARES

कावासोति,पुस १।
शिब शक्ति बाल तथा युवा विकाश मञ्चको आयोजनामा आज गरिब, तथा जेहेन्दार १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण कार्यक्रम कावासोति १५ मा रहेको चण्डेश्वरि माविमा सम्पन्न भएको छ ।

शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डेश्रि माविका प्रध्यानाध्यापक लक्ष्मि न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस क्षेत्रका अधिंकाश मानिसहरु आर्थिक अवस्था कमजोर भएकाले बालबालिका शिक्षा बाट पनि बञ्चित रहन बाध्य भएकाले यस कार्यक्रमले बालबालिकालाई थप सहयोग पुरयाउने बताउनुभयो ।
न्यु उपहार इम्पोरियम , दिप आदर्श बाल तथा युवा सरोकार मञ्च र गफ नेपालको संयुक्त सहकार्यमा शैक्षिक सामाग्रि वितरण गरिएको शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेले बताउनुभयो ।

उक्त संस्थाले गरेको योजना अन्तर्गत मासिक कार्यक्रम आज बाट शुरुवात भएको छ ।मासिक १ जना गरिब ,जेहेन्दार विधार्थिलाई शक्षिक सामाग्रि वितरण गर्ने योजना बनाइएता पनि सुरुवातमा नै १२ जना बालबालिकालाई वितरण गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै कार्यक्रममा कावासोति १५ का वडा स्तरिए बालक्लबका संयोजक गंगा महत्व, चण्डेश्वरि बालक्लबका संयोजक संरचना श्रेष्ठ, वडा नागरिक मञ्चका प्रतिनिधि ,बालबालिका शिक्षक लगाएतको सहभागितामा १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
त्यस्तै आगामि दिनमा पनि कावासोति नगरपालिका भरिका सम्पुर्ण विधार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गर्ने लक्ष्य लिएको काफलेले बताउनुभयो ।
शिब शक्ति बाल तथा युवा विकाश मञ्चका उपाध्यक्ष सुदिप चापागाईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण वातावरण जनजागरण विकाश मञ्चका अध्यक्ष सुदन लम्सालले गर्नुभएको थियो ।
यसै विचमा पछिल्लो समयमा सिप विनाको युवाहरु विदेशिने क्रम बढदै गएकाले युवाहरुमा सिपमुलक निशुल्क कुक,ब्युटि पार्लर,सिलाई कटाई तालिम,भ्लनष्किज बिलनगबनभ दिई कावाोति नगरपालिकाका युवाहरुलाई स्वदेशमानै सिप सिकाई रोजगारिको बाताबरण गराउनुपर्ने आपश्यक रहेको हुदा यस्ता कार्यक्रम ल्याइएको संस्थाका उपाध्यक्ष सुदिप चापागाईले जानकारि दिनुभयो यहि पौष २० गते फस्ट किचन एण्ड क्याफे र सदभाव एजुकेशनको सहकार्यमा कुक तालिम ४५ दिने र भ्लनष्किज बिलनगबनभ १ महिने सिकाइने आयोजकले जानकारि दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी