मंसीर ३० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केवलकारको औपचारीक रुपमा उद्घाटन गर्नु भएको छ । गत साउन २४ गतेदेखि शुरु भएको केवलकार लामो समय सम्म औपचारीक उद्घाटन विनै सञ्चालनमा रहेको थियो ।
डाडामा पुगेर उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई प्रकृतिले धेरै चीज दिएको भन्दै प्रविधि र पूजी लगाएर अगाडी जाने हो भने देशमा चामत्कारीक विकास हुन धेरै समय नलाग्ने बताउनु भयो ।
सो अवसरमा बन मन्त्री शंकर भण्डारी , विज्ञान तथा वातावरण मन्त्री जयदेव जोशी सहित विभिन्न अन्य मन्त्री अन्य संघ संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । २४६० मिटरको दुरी केवलकारको माध्यमबाट जान सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline