सिन्धुलि , २९ मंसिर ।
पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले सिन्धुलीमा आगामि पुस ७ गतेदेखि तेस्रो सिन्धुली महोत्सव आयोजना हुने भएको छ ।
उद्योग बाणिज्य संघ, सिन्धुली जिविस सिन्धुली, र कमलामाई नगरपालिकाको संयुक्त आयोजन सञ्चालन हुने महोत्सव पुष १८ गतेसम्म चल्ने छ ।
महोत्सवमा २ सय ५० वटा स्टल रहने र दुईवटा स्टल स्थानीय लोपन्मुख जातीको लागि छुट्याईने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेस श्रेष्ठले बताउनु भयो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेका पनि उहाले बताउनु भयो ।
महोत्सवमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय पराम्परागत संस्कृति झल्किने वस्तुहरूको प्रदर्शनी, बाँस, काठ, दुग्धजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरू प्रदर्शनिका लागी राखिने छ । यस्तै होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनका साथै मनोरञ्जनात्मक प्रदर्शनी पनि हुने जनाईएको छ ।
करिब पाँच लाख दर्शकहरूले अवलोकन गरिने लक्ष्य राखिएको महोत्सवको तयारी तथा व्यावस्थापनका लागी संघका महासचिव अर्जुन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ ।
महोत्सवबाट आउने मुनाफाले जिल्लाको पहिचान हुने गरि भौतिक संरचना निर्माण गर्ने पक्षमा उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।